१२ श्रावण २०८१, शनिबार
Header

तेस्रो पटक प्रधानमन्त्री बन्न लागेको मोदीको सपथ समारोहमा प्रम दाहाललाई निम्तो


प्रकाशित: विहिवार, २४ जेठ २०८१, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बन्न लागेको नरेन्द्र मोदीको प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएको छ । 


भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन(एनडीए) ले बहुमत ल्याएपछि मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्ने भएका छन । 


यस अवसरमा प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा उपस्थित हुन निम्तो आइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि सन २०१४ मा मोदी पहिलो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए ।


भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्लीमा हुने शपथ ग्रहणका लागि श्रीलंकाली राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधामन्त्री छिरिङ तोब्गे र मौरिससका प्रधानमन्त्री परविन्द जगन्नाथलाई समेत निमन्त्रणा पठाइएको छ ।


बुधबार २५२ सिट जितेको एनडीए गठबन्धनको दिल्लीमा सम्पन्न बैठकले सरकार बनाउने निर्णय भइसकेको जनाएको छ । सरकारका बनाउनको लागि भारतमा २७२ सिट चाहिन्छ ।


त्यस्तै २३४ सिट जितेको विपक्षी भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा ‘इन्डिया’गठबन्धनले पनि टीडीपी र जेडीयूसँग कुराकानी भइरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex