१९ बैशाख २०८१, बुधबार
Header

तेस्रो गोल्डेन डायमण्ड दशैं तिहार मेला २०७५ शुरु 


प्रकाशित: शुक्रवार, १९ असोज २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको मंगलवजार हखाःटोल (बुद्ध प्रतिमास्थल अगाडि) विहिवारदेखि गोल्डेन डायमण्ड दशैं तिहार मेला– २०७५ सुरु भएको छ । 


गोल्डेन डायमण्ड एण्ड ज्वेलरीको आयोजनामा सो मेला ५ दिन सम्म सञ्चालन हुने भएको हिजो आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 


असोज २२ गते सम्म सञ्चालन हुने सो मेलामा आकर्षक र नयाँ डिजाइृनका गहनाहरु ग्राहकहरु सुपथ मूल्यमा उपलब्ध गराउने, सुनसंगै हिरामोतीका गरगहनाहरु पनि यस मेलाका आकर्षण हुने गोल्डेन डायमण्ड ज्वेलरीका अध्यक्ष ज्ञानुराजा शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिए । गत बर्षझै यस बर्षमा मेलामा सहभागीहरुले मेलाको भरपुर सदुपयोग गर्ने विश्वास समेत अध्यक्ष शाक्यले व्यक्त गरे । 


मेलाका अवसरमा सुन तथा हिराका गरगहना खरिद गर्ने ग्राहकहरुलाई निःशुल्क स्वास्थ्य बिमाको प्याकेज पनि उपलब्ध गरिने सो पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । 


मेला अवधिमा १ लाख २५ हजार रुपैयाँसम्मका गहना खरिद गर्ने ग्राहकका लागि २ लाख रुपैयाँसम्म बिमा गरिने, २ लाख ५० हजार रुपैयाँ सम्मका गहना खरिद कर्तालाई ३ लाख रुपैयाँ बिमा गरिने छ । त्यसैगरी ३ देखि ५ लाख रुपैयाँ सम्मको गरगहना खरिद गर्नेलाई पाँच लाख र ५ देखि १० लाख सम्मको खरीदकर्तालाई १० लाख रुपैयाँकै बिमा प्याकेज प्रदान गरिने अध्यक्ष शाक्यले जानकरी दिए । 


त्यसैगरी यस मेला अवधिभर ग्राहकमध्ये एक जनालाई अन्तिम दिन लक्की ड्र मार्फत विदेशमा विशेष होलिडे प्याकेज प्रदान गरिने अफर प्रदान गरेको छ । 


सो मेलाका उद्घाटन प्रमुख अतिथि रहेका प्रदेश नं ३ का सांसद शोभा शाक्यले गरेका थिए । 


उद्घाटन समारोहमा बोल्दै शाक्यले सुनचाँदी क्षेत्रमा लागेका व्यक्तित्वहरुको प्रशंसा गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न सफल भएकोमा धन्यावाद समेत दिएका थिए ।

 
सो अवसरमा ३ जना जेष्ठ नागरिकहरुलाई विशिष्ट व्यवसायी सम्मान २०७५ प्रदान गरिएको थिया । सम्मानित हुनेहरुमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य,  भाई बज्राचार्य र पृथ्वीमान शाक्य रहेका छन । 


कार्यक्रममा नेपाल सरकारका पूर्वमुख्य सचिव तीर्थमान शाक्य, ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्य, ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष किरणभाई बज्राचार्य लगायतले सुनचाँदी व्यवसायीहरुले गरिने यस किसिमको मेलाले व्यवसायको प्रवद्र्धन र विकासमा जोड दिने बताए । 


गत वर्षको ज्वेलरी मेलामा विविध क्षेत्रका महिलाहरुलाई सम्मान गरिएको थियो भने यस बर्ष यसपटक सुनचाँदी व्यवसायका क्षेत्रमा क्रियाशील जेष्ठ नागरिकहरुलाई विशेष सम्मान गरिएको अध्यक्ष ज्ञानुराजा शाक्यले बताए । 


शाक्यले व्यवसायसँगै सामाजिक उत्तरादायित्वलाई आत्मसाथ गर्दै आगामी दिनमा सामाजमा योगदान पुराएका व्यक्तित्वहरुलाई सम्मान र सहयोग गर्ने जानकरी दिएका छन् । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD