१४ बैशाख २०८१, शुक्रबार
Header

तेलको मूल्य बढेर आएपनि मूल्यमा बृद्धि नगरिनेः निगम


प्रकाशित: आईतवार, १७ पुस २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । नेपाल आयल निगमले भारतबाट तेलको मूूल्य बढेर आएपनि मूल्य बृद्धि नगर्ने बताएको छ । 


भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई आइतबार इन्धनको मूल्य बढाएर पठाएको छ । 


अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि मूल्य बढाएर पठाएको निगमले जनाएको छ ।


निगमले भनेको छ ‘भारतीय आयल कर्पोरेसनको बक्यौता नेपाल सरकारको ऋण व्यवस्थापन चुनौतिपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ ।’ 


आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयााँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD