२५ बैशाख २०८१, मंगलबार
Header

तेलको मूल्य घटेर आएपनि निगमले मूल्य नघटाउने


प्रकाशित: बुधवार, १७ फागुन २०७९, २०ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने बताएको छ ।


भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ तर निगमले हालकै मूल्य यथावत कायम गर्ने निर्णय भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएको छ । 


भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले बुधबार पठाएाके इन्धनको नयाँ सूची अनुसार खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । 


नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ । 


यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टीतेलमा ३ रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको छ ।


निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।


पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ । निगमलाई गत आवको नोक्सानीबाट ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व भने बाँकी नै रहेको निगमले दाबी गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD