काठमाडौं । दुधे बालकलाई लिएर आउने कर्मचारी महिला कर्मचारी र सेवाग्राहीको सुविधाको लगि दाङको तुलसीपुर उपमहानगरपालिकामा स्तनकक्ष निर्माण गरिएको छ ।
उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यल स्तनकक्षको आइतबार उदघाटन गरे । रु दुई लाखको लागतमा निर्माण गरिएको सो कक्षमा सुतेर बच्चालाई दूध खुवाउनको लागि पलङसहितको बेड, बस्नको लागि सोफा राखिएको छ ।
सो अवसरमा १० जना सुत्केरी सेवाग्राही महिलालाई न्यानो कपडा र झोला वितरण गरिएको थियो ।
Categorized in समाज