काठमाडौं । तलसीपुर उपमहानगरपालिकाले उपमहानगरपालिकाले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा ‘स्मार्ट छोरी’ कार्यक्रमको शुभारम्भ गरेको छ ।
उपमहानगरपालिकाले ‘समाज परिवर्तनका अभियानकर्मी स्मार्ट छोरी सञ्जाल अभियान कार्यक्रम’ नाराका साथ कार्यक्रमको शुरुआत गरेकोे उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले बताए ।
तुलसीपुर–४ स्थित गुरुजजुर माविबाट थालिएको स्मार्ट छोरी कार्यक्रम यस वर्ष पाँच विद्यालयमा सञ्चालन हुनेछ ।
यस वर्ष ५०० स्मार्ट छोरी उत्पादन गर्ने लक्ष्य रहेको रहेको उनीहरुको माध्यमबाट सञ्जाल विस्तार गर्दै जाने दाहालले जानकारी दिए । उपमहानगरपालिकाले ११ वर्षदेखि १९ वर्ष समूहका किशोरीलाई यौनजन्य हिंसाबाट मुक्त गर्न सो कार्यक्रम विद्यालयमा सञ्चालन गर्न लागेको हो ।
Categorized in समाज