काठमाडौं । सडकमा तीब्र गतिमा गाडी कुदाए अब १ हजार रुपिया जरिवाना तिर्नु भएको छ ।
साउन १ गतेबाट लागु हुने गरी महानगरीय ट्राफिक महाशाखाले सो नियम जारी गरेको हो । यस अघि तीव्र गतिमा गाडी कुदाएको पाएमा ५ सय जरिवाना तिर्नु पर्दथ्यो ।
महानगरीय ट्राफिक महाशाखाले यातायात व्यवस्था विभागबाट प्रत्यायोजित अधिकार प्रयोग गरेर जरिवाना बढाइएको बताएको छ ।
ट्राफिकले सवारी चालकसँग आवश्यक कागजपत्र नभए, निषेधित क्षेत्रमा हर्न बजाए र लेन अनुशासन पालना नगरे ५ सय रुपैयाँ जरिवाना लिँदै आएको छ ।
मादक पदार्थ सेवन गरी चलाउनेलाई ५ सयदेखि १५ हजार रुपैयाँसम्म लिँदै आएको छ ।
Categorized in समाज