५ जेठ २०८१, शनिबार
Header

तीन महिनामै राष्ट्रिय बाणिज्य बैंकद्वारा १० अर्ब ९७ करोड विस्तार 


प्रकाशित: विहिवार, २४ माघ २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकले बैंक व्यवसायमा फड्को मारेको छ ।


बैकले आफ्नो ऋण विस्तारलाई बढाएको छ । बैंकले तीन महिनामा १० अर्ब ९७ करोड रुपियाँको ऋण विस्तार गरेको छ । 


व्यवसाय विस्तारसँगै अहिले बैंकको कर्जा÷पूँजी÷निक्षेप अनुपात पनि ह्वात्तै बढेको छ । 


बैंकले गत बर्षको पुससम्म १ खर्ब १० अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो । अस्तिको पुससम्म १ खर्ब ३४ अर्ब लगानी गरेको छ । 


बैंकको व्यवसाय विस्तार हुनुमा निजी क्षेत्रका बैंकले लगानी गरेको ऋण खरिद गर्नु पनि हुने । 


बर्ष दिनभरी बैंकले २४ अर्ब २२ करोड ऋण बढाएको छ । जबकी पछिल्लो तीन महिनामा मात्रै १० अर्ब ९७ करोडले ऋण बढाएको छ ।


बैंकले विभिन्न निजी बैंकबाट करिब ७ अर्बको ऋण किनेको थियो । 


तीन महिनामा बैंकले एक अर्ब २९ करोड रुपैयाँले नाफा बढाएको छ । यस अघि पुसमा बैंकको नाफा १ अर्ब ७८ करोड रुपैयाँ मात्र थियो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD