४ भाद्र २०८३, बिहिबार
Header

तीन महिनामा भारतबाट ३० लाख किलो फलफुल आयात


प्रकाशित: शुक्रवार, ३० कात्तिक २०७५, १३ः०० बजे
- महानगरखबर

 काठमाडौं । चालु आवको तीन महिनामा विराटनगर भन्सारबाट मात्रै ३० लाख ६ हजार किलो फलफूल अयात गरेको छ । 


सो नाका भएर गत आवको सोही अवधिमा २२ लाख ५३ हजार किलो फलफूल आयात गरिएको थियो । 


चालु आवको साउनदेखि असोजसम्ममा गत आवभन्दा ७ लाख ५२ हजार किलो बढी फलफूल आयात भएको भन्सार प्रमुख निमान्स अधिकारीले बताए । 


चालु आवको तीन महीनामा रु दुई करोड १६ लाख ४० हजार राजश्व सङ्कलन भएको छ । गत आवमा सो अवधिमा रु एक करोड ३८ लाख राजश्व सङ्कलन भएको थियो । विराटनगर नाका भएर भारतबाट नरिवल, बदाम, आलमण्ड, ओखर, पेस्ता, केरा, खजुर,

छोहरा, अम्बा, आँप, सुन्तला, कागती, अङ्गुर, किसमिस, स्याउलगायत फलफूल आयात गरिँदै आएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex