१२ बैशाख २०८१, बुधबार
Header

तीन बर्षपछि नेपाल–भारत संयुक्त बैठक


प्रकाशित: बुधवार, ४ भाद्र २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । तीन बर्षपछि नेपाल–भारत उच्चस्तरीय बैठक बुधवार राजधानीमा बस्दैछ । 


भारतीय विदेशमन्त्री एस जयशंकरको नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग नेपालका उच्च अधिकारीहरुको बैठक बस्नेछ । 


नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठकमा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने जनाइएको छ ।


सो बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 


बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनेछ । 


साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ । 


दुवै देशका अधिकारीहरुबीच मङ्गलबार र बुधबार दुई दिन बैठक बस्ने भएको छ ।


यसैगरी भूकम्पपछिको पुनःनिर्माण तथा तराईमा निर्माण हुने सडकका लागि आर्थिक सहायतासम्बन्धी दुई बेग्ला–बेग्लै परियोजनाका निम्ति भारत सरकारले नेपाल सरकारलाई आर्थिक सहायता उपलब्ध गराउने छ । आर्थिक सहायतासम्बन्धी चेक पनि हस्तान्तरण हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD