५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

तीन दिन भित्र सिंहदरवारको फोहोर उठाउन महानगरपालिकालाई सर्वोच्चको आदेश


प्रकाशित: शुक्रवार, ८ बैशाख २०८०, १६ः४० बजे
- महानगरखबर

कठमाडौं । सर्वोच्च अदालतले आदेश प्राप्त भएको ३ दिनभित्र सिंहदरवार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन आदेश दिएको छ । 


शुक्रवार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आदेश प्राप्त भएकोे ३ दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको हो । 


गत सोमवार अधिवक्ता पदमबहादुर श्रेष्ठले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै उक्त इजलासले सो आदेश दिएको हो ।


गत चैत्र २६ गतेदेखि महानगरपालिकाले सिंहदरवारको फोहोर उठाएको छैन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex