५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

तीन जनाबाट ३२ लाख ५० हजार लुट्ने खोडे पक्राउ


प्रकाशित: शुक्रबार, ८ असार २०७५, २१ः५५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । उपत्यकाको विभिन्न स्थानबाट ३ जनाबाट करिब ३२ लाख ५० हजार नगद लुटपाट गर्ने डकैती समूहको मुख्य नाइके सिन्धुपाल्चोक बाह्रविसे घर भई गोकर्णेश्वर नगरपालिका डेरा गरी बस्ने २६ वर्षीय खोडे भन्ने अम्मर बहादुर तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

 
कागेश्वरी मनहरा नगरपालिका–८ मुलपानीमा डलर साट्न भनी गत जेठ २४ गते ताप्लेजुङ फुङलिङ्ग नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१४ चमती बस्ने २५ वर्षीय विरेन तामाङको साथमा भएको १९ लाख ६० हजार रुपैयाँ लुटेका थिए ।

 
त्यसैगरी  जेठ २८ गते कपन संयुक्त पार्क स्थित एकान्त ठाँउमा ताप्लेजुङ फुङलिङ्ग नगरपालिका–४ बस्ने राज कुमार वानियाको साथबाट ४ लाख ९० हजार रुपैयाँ तथा सोही दिन भक्तपुर सूर्यविनायक जंगलमा स्याङ्जा चापाकोट नगरपालिका–१४ घर भई चितवन रत्ननगर नगरपालिका–१० बस्ने राज भण्डारीको साथमा रहेको ८ लाख डकैती गर्ने समूहको मुख्य नाईके तामाङलाई प्रहरीले मूलपानीबाट पक्राउ गरेको हो ।

 
तामाङलाई प्रहरीले पक्राउ गर्न खोज्दा निजले प्रहरीलाई आक्रमण गर्न खोजेपछि प्रहरीले प्रतिकार स्वरुप निजको खुट्टामा २ राउण्ड गोली प्रहार गरी पक्राउ गरेको हो । घाइते तामाङलाई उपचारको लागि बीर अस्पतालमा लगिएको छ ।  घटनास्थलबाट प्रहरीले १ थान कटुवा पेस्तोल, २ राउण्ड गोली, १२ सय अमेरीकी डलर, डलर साटन प्रयोग गरिने कागजको विटा ८ थान समेत बरामद गरेको छ ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex