२४ बैशाख २०८१, सोमबार
Header

तीनकुने सामुहिक हत्या प्रकरणमा ४ जना पक्राउ, छानविन समिति गठन


प्रकाशित: शनिवार, ३० भाद्र २०८०, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । गएराती शुक्रवार काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले अहिले चार जनालई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढएको छ । 


पक्राउ परेकाहरुबारे प्रहरीले अहिले सार्वजनिक गरेको छैन । हत्या प्रकरणमा प्रयोग भएको हतियार खोजविन गरिरहेको र अनुुुसन्धानलाई तिव्रता दिएको बताएको छ । 


शुक्रबार मध्यरातमा सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेलसहित श्रीमती ५२ वर्षीय अम्बिका भुजेल र आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका २० बर्षिय नविन मानन्धरको धारिलो हतियारबाट हत्या भएको थियो । 


प्रहरीका अनुसार उनीहरु चारै जना सोही मिलमा काम गर्ने गरेका थिए । उनीहरुको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल लगिएको छ । 


सो घट्नाबारे नवीनलाई भाइ बताउने २८ वर्षीय दिपेन्द्र राईलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रहरीका अनुसार उनी आफै ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए ।


मृतकको टाउको, घाँटी लगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार भएको देखिएको छ ।


अपराध महाशाखाको टोली पनि घटनास्थल पुुगेर तालिमप्राप्त कुकुर परिचालन गरेपछि प्रहरीले थप चार जनालाई जडिबुटी क्षेत्रबाट नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ । 


घटनाको अनुसन्धान काठमाडौं जिल्ला प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरिरहेको छ ।


यसैविच उपत्यका प्रहरी कार्यालय रानीपोखरीले हत्या प्रकरण छानविन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ । 


समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेका छन । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD