१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

तीनकुने सामुहिक हत्याकाण्डका अयिभुक्त सार्वजनिक


प्रकाशित: आइतवार, ३१ भाद्र २०८०, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले तीनकुनेस्थित काठ मिल दिव्य सः मिलमा भएको सामुहिक हत्यकाण्डका अभियुक्तलाई सार्वजनिक गरेको छ ।

 
आईतवार पक्राउ परेका हत्यामा संलग्न अभियुक्त सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का २३ वर्षीय सञ्जय भण्डारीलाई साँझ पत्रकार सम्मेलन गरेर सार्वजनिक गरको हो । 


अभियुक्त भण्डारीलाई प्रहरीले सिसिटिभी फुजेटको आधारमा पक्राउ गरेको हो । फुटेजमा हत्यामा प्रयोग भएको खुकुरीसहित बाकेर बाहिर आएको देखिएको प्रहरीले बताएको छ ।


वोल्न नसक्ने भण्डारीले शुक्रवार राती सः मिलमा काम गर्ने नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएपछि भएको विवादको बदला लिन सो काण्ड गरेको उनले प्रहरी समक्ष दोभाषेको सहयोगमा स्वीकारेका छन । 


अभियुक्त भण्डारीले विशाल राईसँगै मिलमा सुरक्षागार्डको काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको पनि हत्या गरेका थिए ।


विशालसँग बदला लिन आएको भण्डारीले उनको हत्या गरेपछि सँगै मिलमा रहेका भुजेल परिवारकाहरुले प्रहरीलाई भनिदिन्छ भनेर उनीहरुको पनि हत्या गरेको खुलेको छ । 


प्रहरीले भण्डारीलाई सिन्धुपाल्चोक जान लागेको बेलामा घट्नामा लगाएको लुुगा र व्यागभित्र हत्यामा प्रयोग भएको खुकुुरीसहित पक्राउ गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex