१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

तीनकुनेमा ३ वटा सवारी ठोक्किदा लेलेकी रिता नेवारको मृत्यु


प्रकाशित: विहिवार, १५ फागुन २०८१, १५ः५० बजे
- महानगरखवर

काठमाडौं । गएराती तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ ।


प्रहरीका अनुसार मृत्यु हुनेमा ललितपुरको लेले घर भएकी २२ वर्षीया रिता नेवार हुन । 


उनको उपचारको क्रममा बुधबार राति केएमसी अस्पताल सिनामंगलमा उनको मृत्यु भएको हो । उनी प्र.३–०३–००१ प ९७३६ नम्बरको मोटरसाइकलमा सवार थिइन् ।


तीनकुनेस्थित सडकमा उक्त मोटरसाइकललाई बा–०३–००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिँदा उक्त मोटरसाइकल बा५ख १५४६ नम्बरको बसमा ठोक्किएको थियो ।


प्रहरीले बस र टिपरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

 

27 Ferbury 2025, Thursday

asteriskhubs
Home Page Bottom Second


maharjan complex