८ बैशाख २०८१, शनिबार
Header

तीनकुनेमा बृद्धालाई ठक्कर दिने फरार टिपर भेटियो


प्रकाशित: आईतबार, १३ पुष २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । तीनकुनेस्थित नापी विभाग अगाडि टिपरको ठक्करबाट ७० वर्षीया वृद्धालाई ठक्कर दिई फरार भएका टिपर भेटिएको छ । 


प्रहरीले आईतबार काठमाडौंको क्षेत्रपाटीबाट टिपरलाई नियन्त्रणमा लिएको छ । गएराती टिपरको ठक्करबाट घाईते बृद्धाको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको थियो ।


ठक्कर दिएर फरार भएका टिपरले प्रहरी टोलीले काठमाडौंका विभिन्न ठाउँमा चेकजाँच र नाकाबन्दी बढाएर टिपरको खोजी गरेपछि क्षेत्रपाटीमा भेटिएको हो । 


मृत बृद्धाको सनाखत हुन नसकेकोले परिचय खुल्न सकेको छैन । प्रहरीले टिपर चालको खोजी भइरहेको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD