८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

तीनकुनेको यी क्षेत्रहरुमा  कर्फ्यु आदेश 


प्रकाशित: शुक्रवार, १५ चैत्र २०८१, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा ४ बजेर २५ मिनेटदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । 


राजावादीहरूले शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक हुँदै भन्दै प्रशासनले कर्फ्यु आदेश गरेको हो । 


कर्फ्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँबानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए । 


यस क्षेत्रभित्र आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ ।

 

कर्फ्यु आदेश:

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex