६ जेठ २०८१, आइतबार
Header

तिहारपछि पछि द्रुत बस सेवाले पुनः निरन्तरता पाउने


प्रकाशित: मंगलवार, १४ कातिक २०८०, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । हाल बन्द अवस्थामा रहेको रत्नपार्क–सूर्यविनायक दु्रत बस सेवाले तिहारपछि निरन्तरता पाउने भएको छ ।


असोज ३ गते संविधान दिवसको अवसर पारेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गरिएको रत्नपार्क–सूर्यविनायक रुटमा चल्ने द्रुुत वस सेवा विभिन्न प्राविधिक तथा व्यवस्थापिकय समस्याको कारण बन्द रहेको छ ।


एक महिना नहुँदै असोज अन्तिममा बन्द द्रुत बस सेवा दिन नसक्ने अवस्थामा पुुगेको हो । द्रुुत वसको लागि सडकमा रातो रंग पोतिएर बनाएको डेडिकेड लेनमा अन्य सवारी पनि चलेपछि व्यवस्थापकिय समस्या देखिएको हो ।


यातायात व्यवस्था विभागको सहकार्यमा नेपाल यातायात व्यवसायी महासंघले सुरूमा २५ वटा बस कार्यालय समयलाई ध्यानमा राखी बिहान ९ बजेदेखि ११ बजे र अपराह्न ४ बजेदेखि ६ बजेसम्म चल्ने गरी यो सेवा सञ्चालनमा ल्याइएको थियो र यी बसहरू गुड्ने समयमा डेडिकेटेड लेनमा अत्यावश्यक सवारीबाहेक अन्य सवारीलाई निषेध गरिएको थियो ।  


तर उक्त लेनमा नियमको पालना नभएपछि व्यवस्थापकिय तथा प्राविधक समस्या देखिएकोले व्यवसायीहरू द्रुत बस सेवा सञ्चालनबाट पछि हटेका हुन । 


अर्को तर्फ रातो रंग पोतिएको लेनमा अरु सवारीसाधन चलाउन नदिइएपछि ट्राफिक व्यवस्थापन निकै भद्रगोल हुन पुगेको कारण एम्बुलेन्स र वारुणयन्त्रले अलग लेन नपाएको अवस्थामा सीमित बसका लागि सडक छुट्याइएको भनेर सरकारको चर्को आलोलचन पनि हुँदै आएको छ । 


यता मन्त्री ज्वालाले सो वस पुन सञ्चालनका लागि तिहार बिदासम्म प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउने बताएका छन ।


मन्त्री ज्वालाले प्राविधिक र व्यवस्थापकीय समस्या समाधानका लागि भन्दै मन्त्रीले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरेका छन । 


विभागका महानिर्देशक उद्धव रिजालले द्रुत बसका लागि रंग पोतिएको लेनमा अब डोरी लगाइने बताए । रंग पोत्ने प्रयोजनका लागि मात्र करिब २ करोड रुपैयाँ खर्च गरिएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD