काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीभित्र रहेको बालगोपालेश्वरको मन्दिर तिहार अघि खुलाउने तयारी गरेको छ ।
तिहार अघि मन्दिरको पुननिमार्ण सम्पन्न गर्ने गरी काम भईरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार भाइटीकासम्म मन्दिर खुला हुने गरी काम भईरहेको छ । निर्माण कम्पनीले भने तिहारअघि मन्दिर खुलाउन नसकिने बताएको छ ।
निर्माण कम्पनी सीए तुलसी कन्ट्रक्सनका अनुसार मन्दिर जाने पुल भत्काएर नयाँ पर्खाल लगाउननै २ महिना लाग्ने भएकोले तिहारअघि मन्दिर पुनर्निर्माण नसकिने कम्पनीको भनाइ छ ।
कम्पनीले तिहार अघिसम्म मन्दिरको १ तलासम्म बनाइसकिने र पुलको काम आधा जस्तो सकिने बताएको छ ।
सीए तुलसी कन्ट्रक्सनले ०७७ वैशाख महिनासम्म निर्माण पूरा गर्ने गरी मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माणको ठेक्का पाएको थियो ।
Categorized in सम्पदा/संस्कृति