काठमाडौँ । तिस हजार घुस रकमसहित बारा जिल्लाको फेटा गाउपालिकाका लेखापाल सौरभकुमार साह पक्राउ परेको छ ।
सेवा ग्रेहीबाट घुस लिने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडा मकवानपुरबाट खटिगएको टोलीले लेखापाल साहलाई नियन्त्रणमा लिएको हो ।
एचआइभीसम्बन्धी जनचेतनामूलक कार्यक्रमका लागि खर्च भएको रकम भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग साहले घुस रकम माग गरेको थियो ।
साहलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको आयोगले जनाएको छ ।
Categorized in समाज