२३ बैशाख २०८१, आइतबार
Header

तिस लाख धरौटी बुझाएर रिहा भए बालकृष्ण खाँण


प्रकाशित: शुक्रवार, २९ मंसिर २०८०, १९ः१० बजे
- महानगरखबर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण रिहा भएका छन । 


पूर्वगृहमन्त्री खाँणलाई हिजो उच्च अदालतले पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएका थियो ।

 
तर अदालतले रिहा गर्ने आदेश दिएपनि प्रहरीले अनुसन्धानका लागि सम्पत्ति  शुद्धीकरण  विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पनि सिफारिस गरेकाले उनी छुटेका थिएनन ।


शुक्रवार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको छ ।


सम्पत्ति  शुद्धीकरण  अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । 


नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन ।


नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै एउटा गिरोहले लाखौं रुपैयाँ उठाएर ठगी गरेको घट्नामा पूर्वमन्त्री खाँण पनि आरोपी थिए । 


उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खाँणसहित उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा उनको मैजुवहालस्थित घरबाट पक्राउ गरेको थियो । 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD