काठमाडौं । मेसिन खरिदका लागि सरकारले तिलगंगा आँखा अस्पताललाई रु १० करोड दिने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले अस्पताललाई अस्पताललाई सो रुपैयाँ हस्तान्तरण गर्ने भएको छ । सन्दुक रुइत प्रम’ख रहेको सो अस्पतलालाई यस अघि तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले अस्पताललाई उक्त रकम दिने घोषणा गरेका थिए ।
उक्त अस्पतालले आँखाको लेन्स उत्पादन गरी ठूलो मात्रामा विदेश निर्यातसमेत गर्छ । अस्पतालले उत्पादन गरेको लेन्सको विश्वमै उच्च माग छ । सहयोगपछि आम नागरिकलाई सहुलियत दरमा लेन्स उपलब्ध गराउने अस्पतालले बताएको थियो ।
Categorized in स्वास्थ्य