१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

तिब्बत भूकम्पछि ६४६ परकम्पहरू, १२६ जनाको मृत्यु


प्रकाशित: बुधवार, २४ पुस २०८१, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । मंगलवार विहान दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा गएको भूकम्पछि ६४६ परकम्पहरू गएको छ । 


६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल ६४६ परकम्पहरू पत्ता लागेको त्यहाँका क्षेत्रीय सरकारले जनाएको छ ।


भूकम्पमा परि अहिलेसम्म १२६ जनाको मृत्यु भएको छ र अन्य १८८ जना घाइते भएका छन । भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार, सडक र बिजुली सेवा पुनस्र्थापना गरिएको छ ।


चाइनिज रेड क्रस सोसाइटी (आरसीएससी) ले मङ्गलबार राति भूकम्प प्रभावित क्षेत्रहरूमा दोस्रो चरणको राहत सामग्रहरु कपडाको पाल, सिरक र फोल्डिङ बेड लगायत चार हजार तीन सय वस्तुहरू पठाएका छन । 

 

8 January 2025, Wednesday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex