काठमाडौ । ६ दिने औपचारिक भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबर चीनको स्वशासित क्षेत्र तिब्बत पुगेका छन् ।
तिब्बतमा रहेको नेपालीले प्रम ओलीसँग नागरिकता र राहदानीको समस्या समाधान गरिदिन आग्रह गरेका छन् ।
उनीहरुले राहदानी र नागरिकताका कारण समस्या परेको भन्दै कुनै न कुनै उपायबाट समस्याको समाधान गरिदिन आग्रह गरेका हुन् ।
नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा नेपाली व्यापारीले प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डललाई दुई देशबीचको व्यापार, वाणिज्य तथा सहयोगका संभावित अन्य क्षेत्रबारे समेत जानकारी गराएका थिए ।
Categorized in अन्तर्राष्ट्रिय