काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुविच बैठक सम्पन्न भएको छ ।
सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको जसपा नेताहरुले बताएका छन ।
जसपाले सरकारमा सहभागी हुन कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन बटमलाइनको रुपमा सरकार समक्ष शर्त राखेका छन ।
विहिवार प्रधानमन्त्री निवास वालुवाटारमा वसेको बैठकमा प्रधानमन्त्री ओली जसपा शर्तमा सकारात्मक देखिएकोले जसपासँग वार्ता गर्न एमोले नेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको कार्यदल बनाएको छ ।
त्यसैगरी जसपा अध्यक्ष महन्थ ठाकुरले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई वार्ताको लागि खटाएको जनाएको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
भेटमा सहभागी जसपाका नेता लक्षणलाल कर्णले अनलाइनखबरसँग भने, ‘हामीले कैदीबन्दी साथीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन एमालेले जसपासँग वार्ता गर्न सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको कार्यदल बनाएको छ ।
Categorized in राष्ट्रिय