१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

तिन प्रतिशत ब्याजमै स्टार्ट अप कर्जा लिन सरकारको प्रस्ताव आव्हान


प्रकाशित: शुक्रवार, १९ माघ २०८०, १९ः०७ बजे
- महानगरखवर

काठमाडौं । सरकारले नविन सोच भएको उद्यमीको लागि ३ प्रतिशत ब्याजमा ‘स्टार्ट’ कर्जा प्रस्तावको लागि आव्हान गरेको छ । 


शुक्रवार औधोगिक विकास प्रतिष्ठानले स्टार्ट अप उद्यम कर्जाको लागि प्रस्ताव आव्हान गरेको हो । 


सुचना प्रकाशित भएको २१ दिनभित्र तोकिएको ढाँचामा मापदण्ड पुरा गरी प्रस्ताव पेश गर्न सकिने जनाएको छ । 


सरकारले स्टार्ट अफ उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरे अनुसार एक उद्यमीले ३ प्रतिशतमा २५ लाख सम्म ऋण पाउने छन । 


कार्यविधिमा उल्लेख भए अनुसार ऋणका लागि १६ क्षेत्र तोकिएको छ । जस अनुसार पर्यटन प्रवद्र्धन तथा मनोरन्जन, अतिथि सत्कार, विज्ञान, प्रविधि, सुचना तथा सञ्चार, मानव स्वास्थ्य सेवासँग सम्बन्धीत उद्योग/व्यवसाय, शिक्षा तथा शिक्षण सिकाई, कृषी तथा पशुपक्षी, बन पैदावर लगायत छन । 


स्टार्ट अप उद्यमको लागि कार्यविधिमा मापदण्डहरु तोकिए अनुसार उद्यम वा व्यवसाय ७ बर्ष ननाघेकेको लाई स्टार्ट अप उद्यम ऋण दिइने उल्लेख छ । 


कुनै पनि वस्तु वा सेवाको उत्पादन वा सञ्चालन वितरण प्रक्रियामा नविन प्रविधि एंव सृजनशिल सोचको प्रयोग भएका उद्यमी ऋणको लागि मानिने छ । 


त्यसैगरी, उद्योगको कुल चुँक्ता पुँजी दुई लाख रुपियाँदेखि १० करोड रुपियाँसम्म भएको हुुनु पर्नेछ । बार्षिक कारोवार २ करोड रुपियाँ भन्दा बढि नभएको हुनु पर्ने कार्यविधीमा उल्लेख छ । 


तोकिएको ढाँचा प्रस्ताव यस्तो छ क्लिन गरौं

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex