७ जेठ २०८१, सोमबार
Header

तार ब्यवस्थित गर्ने महानगरको तयारी, गत बर्ष ५३ स्थानमा आगलागी


प्रकाशित: शुक्रवार, २२ बैशाख २०८०, १३ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेको अव्यस्थित तार हटाउने तयारी गरेको छ ।


यस अघि महानगरले १५ दिने एक सार्वजनिक सुचना निकालेर अव्यस्थित तार हटाउने सुचना जारी गरे अनुसार महानगरको अधिकार क्षेत्रभित्र रहेको तार हटाउने महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले बताएका छन । 


प्रमुख साहले शहरलाई व्यवस्थित र सन्दुर बनाउन महानगर क्रियाशिल रहेको र यस कार्यबाट कसैलाई असुविधा पुग्न गएपनि सहयोग, साथ पाउने पनि अपेक्षा गरेका छन । 


‘समस्यालाई यथावत राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ । आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाण्डौ महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ ।’ उनले भने ।


यस अघि संघीय सरकारले शहरको सौन्दर्यता कायम राख्ने नाममा जथाभावी तारहरु नकाट्न भन्दै काठमाडौं महानगरलाई संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले निर्देशन दिएको थियो । 
महानगर क्षेत्रमा गत बर्ष ५३ स्थानमा अव्यवस्थि तारकै कारण आगलागी भएको प्रमुख साहले उल्लेख गरेका छन । 

 

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD