१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

तारा एयरको टुइनेटर जहाजमा एक यात्रुको निधन, आफन्तद्धारा क्षतिपूर्तिको माग


प्रकाशित: शनिवार, ८ मंसिर २०७५, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । तारा एयरको टुईनेटर जाहाजभित्र एक यात्रुको निधन भएको छ । 


रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको जहाजमा सवार मुगु जिल्ला सोरु गाँउपालिका–८ गिलाहाँ गाँउका अन्दाजी ३८ वर्षीय धिरबहादुर शाहीको मृत्यु भएको आफन्तले बताएका छन् । 


शनिवार दिउँसो १२ः३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको  9N AET कलसाइनको उडान नं ७१६ जहाजमा शाहीको मृत्यु भएको हो ।


यता तारा एयरलाइन्स नेपालगञ्ज स्टेशनका स्टेशन म्यानेजर सूर्यमणि सुवेधीले यात्रु जहाँजभित्र अचेत भएको खबर आउना साथ बिरामीलाई गाडीबाट अस्पतालतर्फ लाँदै गर्दा मृत्यु भएको बताए । 


रारा विमानस्थल तारा एअरका स्टेशन इञ्चार्ज शेरबहादुर भामले मृतक शाहीका आफन्तलाई बिरामी मन्जुरी पत्रमा दस्तखत गराई तारा एअरको उडानबाट पठाइएको जानकारी दिएको छ । 


तर शाहीका आफन्तले भने यात्रु बीमाको दावी गर्दै क्षतिपूर्ति नपाउनन्जेलसम्म शव नबुझ्ने बताएका छन ।


तारा एअरको उडानमा मुगुबाट मृतक शाहीसहित १३ जना यात्रु रहेका थिए । आफन्तहरुले बिरामीको जहाजभित्र मृत्यु भएको बताएपनि विमानस्थलबाट अस्पतालतर्फ लैजाँदै गर्दा मृत्यु भएको दावी गरेको छ । 


बिरामी मन्जुरी पत्रमा सहमति नगराई यात्रामा रहेका कुनै यात्रुको जहाजभित्र मृत्यु भएमा उडान भर्ने कम्पनीले यात्रुलाई बीमा र क्षतिपूर्ती दिनुपर्ने प्रावधान नागरिक उड्डययन ऐनमा छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex