७ भाद्र २०८३, आइतबार
Header

तारादेवी फाउण्डेशनलाई काठमाडौ महानगरको १० लाख


प्रकाशित: बुधवार, ९ माघ २०७५, १८ः०० बजे
- महानगरखबर

काठडमौं । स्वरकिन्नरी नामले चिनिने स्व.गायिका तारादेवीको नाममा स्थापना भएको तारादेवी स्मृति फाउण्डेशनलाई काठमाडौं महानागरपालिकाले १० लाख रुपियाँ प्रदान गरेको छ ।


काठमाडौं राष्ट्रिय सभा गृहमा बुधवार फाउण्डेशनले तारादेवी १३औं पूण्य स्मृतिमा आयोजना गरेको ‘सम्झना तारादेवी’ साङ्गीतिक कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले फाउण्डेसनका अध्यक्ष दीपक के. सी. लाई हस्तान्तरण गरेका थिए । 


सो साङ्गीतिक कार्यक्रममा मेयर शाक्यले महानगरले नगरका प्राथमिकताका पूर्वाधार कामसँगै कला, संस्कृति, साहित्य र सिर्जनाका लागि पनि विशेष प्राथमिकता दिने बताए ।  


सबैको साझा हित हुने प्रस्ताव भए अन्य सर्जकलाई पनि महानगरको सहयोग र साथ हुने मेयर शाक्यले कार्यक्रम स्थलबाट आव्हान समेत गरेका थिए । 


त्यसैगरी कार्यक्रममा सासंद रामवीर मानन्धर, अध्यक्ष दीपक के. सी.ले तरादेवी देवीका गायन क्षेत्रका गरेको अमूल्य योगदानको बारेमा चर्चा गरेका थिए । 


कार्यक्रममा गायक गायिकाहरुले, तारादेवीका १४ वटा गीत प्रस्तुत गएिको थियो । 


यससँगै जनकविकेशरी धर्मराज थापाको काली पारी दाइ, राष्ट्रकवि माधव घिमिरेको फुलको थुङ्गो बहेर गयो, राजेन्द्र थापाको बनको आगो निभाउने, भैरवनाथ रिमाल ‘कदम’को अमर माया छोडेर जाने, यादव खरेलको नौसय खोल तरेर, रत्नशमशेर थापाको फुलै फुलको मौसम तिमीलाई लगायतका गीतले दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।  


काठमाडौंको इन्द्रचोकमा वि.स. २००२ साल माघ २ गते बुबा कृष्ण बहादुर कार्की र आमा राधादेवीका छोरीको रुपमा तारादेवीको जन्म भएको थियो । 


उत्कृष्ट गायन कलाबाट नेपाली गीत संङ्गीतलाई प्रवर्धन गरेकी तारादेवीलाई २०५० सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै उनी इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, छिन्नलता पुरस्कार, मैना पुरस्कार, नइ सुर सम्मान जस्ता सम्मानबाट सम्मानित भइन । सुप्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु प्रथम, महेन्द्ररत्न आभुषण, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदकसँगै देश विदेशमा उनले थुप्रै पदक, पुरस्कार, सम्मान र अभिनन्दनहरू पाएकी थिएन ।


तारादेवीले २०६२ साल माघ १२ गते सदाका लागि हामीबाट विदा भएकी थिईन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex