१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

तारकेश्वर र ललितपुरमा लाखौँको चोरी


प्रकाशित: विहिवार, १२ भाद्र २०८२, १३ः१० बजे
- महानगरखबर

काठमाडौं । उपत्यकाका दुई अलग–अलग स्थानमा लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ ।


तारकेश्वर नगरपालिका–१० मा डेरा गरी बस्ने उदयपुरका २९ वर्षीय विक्रम लायो मगरको कोठामा बुधबार राति चोरी भएको हो । 


प्रहरीले जनाए अनुसार कोठाबाट सुनका विभिन्न गरगहना र नगद १ लाख ७० हजारसहित करिब ९ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।


त्यसैगरी ललितपुर महानगरपालिका–२५ खोकना दोबाटोस्थित मोहनकृष्ण महर्जनको पसलबाट बुधबार दिउँसो करिब २ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।


दुवै घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex