२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

तारकेश्वरमा सुतिरहेका एक व्यक्तिमाथि तेजाव प्रहार


प्रकाशित: मंगलवार, २७ फागुन २०७६, १७ः०० बजे
- महानगरखबर

क‍ाठमाडौं । गएराती काठमाडौंको बालाजुमा कोठामा सुतिरहेका एक व्यक्तिमाथि तेजाव प्रहार भएको छ ।


प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीमा कोठा लिएर बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि तेजाब प्रहार भएको हो ।


नुवाकोट घर भएका उनीमाथि तेजाव कसले प्रहार गरेको भन्ने बारे खुल्न नसकेपनि सोधपुछका लागि श्रीमतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


डेरामा उनी आफ्नी श्रीमती र चार महिने बच्चासँगै कोठाको झ्याल ढोका लगाएर सबै सँगै सुतेको अवस्थामा अचानक तर राति उनको अनुहार र हातमा तेजाब प्रहार भएको छ ।


प्रहरीले घरपेटीसँग सोधपुछ गर्दा धेरै दिन नभए पनि श्रीमान–श्रीमती सधैजसो झैझगडा गर्ने गरेको प्रहरीलाई बताएका छन ।  


थापाको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika