काठमाडौ । ताम्राकार समाजको १७ औं साधारण सभा तथा तेइसौं भेला सम्पन्न भएको छ ।
नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारको प्रमुख आथित्यमा आयोजित सो कार्यक्रममा नेवार अगुवाहरुले नेवार समुदायको संस्कृति, परम्परा, मौलिकता, स्वाभिमानको विषय चिन्ता व्यक्त गरेका छन ।
वक्ताहरुले नेवारहरु एकता, पहिचान, मौलिकता, स्वाभिमानका विषयमा एकढिक्का भएर अगाडी बढ्नुको विकल्प नरहेको बताएका छन ।
जावलाखेलस्थित ताम्रकार समाजको भवनमा सम्पन्न सो कार्यक्रममा प्रमुख आतिथी ताम्रकारले राजनैतिक चेतनाको अभावमा नेवार समुदाय अगाडी बढन नसकेको बताए ।
उनले मुलुकको कला, संस्कृति, सम्पदाको उत्थानमा ताम्रकार समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै ताम्रकार वर्गको सीप, कला, कौशलको जगेर्ना गर्न सके समग्र मुलुकले फाइदा लिनसक्ने बताए ।
त्यसैगरी ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले नेवार समूदायको मौलिक संस्कृति, रहनसहन, भाषाशैलीमा भइरहेको अतिक्रमणप्रति चिन्ता जाहेर गरेका छन ।
उनले पूर्खाहरुले आफ्नो रगत, पसिना बगाएर ठडयाइएका ऐतिहासिक कला, सम्पदा, धरोहरको रक्षा तथा नेवारहरुको हक, अधिकारको लागि नेवाः देय् दबूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आफनो भनाई राखेका थिए ।
सो कार्यक्रममा ७७ वर्ष ७ महिना पार गरेका भिमरथारोहन सम्पन्न एक्काइस जेष्ठ नागरिकहरु, गत शैक्षिक सत्रमा समाजका एसइइदेखि पिएचडी तहसम्म उत्तीर्ण नब्बे जवान विद्यार्थीहरु लाई शैक्षिक सम्मान गरिएको थियो ।
समाजले यो बर्ष उग्रचण्डी सम्मान सिरपा (पुरस्कार) सागर ताम्रकारलाई दश हजार नगद राशीका साथ सम्मानपत्र गरेका छ । उनले शारिरीक सुगठन खेलको माध्यमबाट ताम्रकार वर्गको नाम उच्चराख्न सफल भएकोमा यो सम्मान गरिएको हो ।
यसै अवसरमा ताम्रकार समाजको आफ्नै मोबाइल एप्लिकेसनको पनि शुरुवात गरिएको छ ।
सो समारोहमा समाजका उपाध्यक्ष विनोद ताम्रकार, सम्मानित व्यक्तित्व सागर ताम्रकार लगायतले धारणा राखेका थिए भने बन्दसत्रमा महासचिव शम्भुगोविन्द ताम्रकारले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष दिपेश ताम्रकारले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
समाजलाई आर्थिक तथा भौतिक सहयोग गर्नुहुने दाताहरुलाई प्रमुख अतिथिबाट सम्मानति भएका थिए ।
Categorized in समाज