२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ताम्राकार आगँछेँ भवनको उद्धघाटन


प्रकाशित: शनिवार, २१ फागुन २०७८, २०ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरको वडा नं. २० मरु वुद्ध भगवान चोकमा रहेको ताम्राकार आगँछेँ भवनको उद्धघाटन गरेका छन । 


शनिवार पुननिर्माण सम्पन्न भएको आगँछेको एक कार्यक्रमविच प्रमुख शाक्यले उद्घाटन गरेका हुन ।  


७०५.४ बर्गफिट क्षेत्रफलमा निर्माण भएको आगँछेँ ३ तलाको छ । आगँछेँ पुननिर्माणका लागि २०७७ फागुन ०७ गते उपभोक्ता समितिसँग सम्झौता भएको थियो । कामका लागि त्यही महिनाको ९ गते कार्यदेश दिइएको थियो ।


आगँछेँमा शक्ति (महिला र पुरुष आलिङ्गन गरिरहेको देवताको मूर्ति) लाई मुल देवताका रुपमा पुज्ने गरिन्छ । यहाँ भगवान चोक आसपास बस्ने १८ परिवार ताम्राकारहरुले नित्य पूजा र दशैंमा विशेष पूजा गर्ने गरेका छन् । यस्तै परिवारका सदस्यहरुको जन्म दिनमा पनि पूजा आराधना गरिन्छ । 


आगँछेँमा कुमारी, गणेशलगायतका देवताको मूर्ति पनि रहनेछन् । भैरवको मूर्तिलाई भने पारङ्गतले मात्र हेर्न पाउने व्यवस्था छ । यहाँ हुने सबै पूजा गुप्त रुपमा गरिन्छ ।


सो कार्यक्रमा वडा २० का अध्यक्ष राजेन्द्र मानन्धर, स्थानीय जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex