६ बैशाख २०८१, बिहिबार
Header

ताम्राकार आगँछेँ पुननिर्माणको शिलान्यास


प्रकाशित: मंगलवार, ११ फागुन २०७७, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले ताम्राकार आगँछेँ पुननिर्माणको शिलान्यास गरेका छन । 


मंगलवार विहान मरु वुद्ध भगवान चोकमा आयोजना गरिएको कार्यक्रममा प्रमुख शाक्यले आगँछेँ पुननिर्माणको शिलान्यास गर्दै भने,‘गुठीयारले धानेको परम्परालाई सरकार सहभागी भएर विस्तार गर्न लागेका हौ । सम्पदा बचाउन जनस्तरबाट आएका सबै माग महानगरले ग्रहण गरेर मर्मत, सम्भार र पुननिर्माणका लगानी गरिरहेका छौं ।’


७०५.४ बर्गफिट क्षेत्रफलमा निर्माण हुने आगँछेँ ३ तलाको हुने बताईएको छ । आगँछेँमा शक्ति (महिला र पुरुष आलिङ्गन गरिरहेको देवताको मूर्ति) लाई मुल देवताका रुपमा पुज्ने गरिन्छ । यहाँ भगवान चोक आसपास बस्ने १८ परिवार ताम्राकारहरुले नित्य पूजा र दशैंमा विशेष पूजा गर्ने गरेका छन । 


यस्तै परिवारका सदस्यहरुको जन्म दिनमा पनि पूजा आराधना गरिन्छ । आगँछेँमा कुमारी, गणेशलगायतका देवताको मूर्ति पनि रहनेछन । भैरवको मूर्तिलाई भने पारङ्गतले मात्र हेर्न पाउने व्यवस्था छ । यहाँ हुने सबै पूजा गुप्त रुपमा गरिन्छ ।


कार्यक्रममा वडाध्यक्ष राजेन्द्र मानन्धरले, महानगरको नीति र वडाको अगुवाईमा योजना कार्यान्वयन गरिएको बताए । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD