१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

ताम्रकार समाजद्धारा १५ विद्यार्थीलाई छात्रबृत्ति प्रदान


प्रकाशित: बुधवार, २८ माघ २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । ताम्रकार समाजले समाजका १५ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । 


बार्षिक रुपमा दिँदै आएको छात्रबृत्ति यो बर्ष कोरोनाको कारण लामो समय लकडाउन भएको कारण ढिला भएको समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले जानकारी दिए ।


हालै एक कार्यक्रमविच दुई लाख राशी बरारबरको छात्रबृत्ति प्रदान गरेको अध्यक्ष ताम्रकारले बताए । उनले भने,‘ कोभिडको असर सबैतिर परिरहेको अवस्थामा पनि आफूहरुले छात्रबृत्ति प्रदान गरेका छौं ।’


समाजको विकासको मुख्य आधार शिक्षा क्षेत्र भएकोले यसलाई प्राथमिकतामा राखेको उनको भनाई छ । 


उनले समाजले यो बर्ष स्वर्णजयन्ती मनाई रहेको एंव समाजको सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको पनि सो अवसरमा बताए । 


छात्रबृत्ति कार्यक्रममा समाज अन्तर्गतका शिक्षा उपससमितका संयोजक प्रवल ताम्रकार, समाजका पदाधिकारीहरु, विद्यार्थीका अभिभावकहरु तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex