२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ताम्रकार समाजका २७ कन्याको सामूहिक बाह्रा (गुफा) सम्पन्न


प्रकाशित: आईतबार, १९ माघ २०७६, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । ताम्राकार समाजले २७ कन्याको नेवारी परम्परा अनुसार सामूहिक  बाह्रा (गुफा) सम्पन्न गरेको छ । 


नेपाली समाजमा छोरीचेलीको शारिरीक विकासमा अत्यावसेक विधी व्यवहार बाह्रा (गुफा) राख्ने परम्परालाई यस वर्षपनि सामूहिक रुपमा सम्पन्न गरेको समाजले जनाएको छ । 


माघ १३ गतेदेखि १८ गतेसम्म कन्याहरुलाई एकै कोठामा राखेर बाह्रा (गुफा)का बारेमा तथा शारिरीक विकासका विविध पक्षहरुका बारेमा ज्ञान दिइएको थियो । 


जावलाखेल स्थित ताम्रकार समाज भवनमा तेस्रो पटक उक्त विधी समाजले सामूहिक रुपमा सम्पन्न गरेको समाजका अध्यक्ष रविन्द्र ताम्रकारले जनाकारी दिनुहुँदै नेपाली परम्परा अनुसार बालिकाहरुको शारिरीक स्थितिको विकासको लागी अपरीघर्य विधीलाई ताम्रकार समाजले सामूहिक रुपमा सम्पन्न गर्ने गरेको बताए । 


उहांले ताम्रकार समाजले सदैव नेपाली परम्परा, संस्कृति, संस्कार, विधी व्यवहार, सम्पदाहरुको संरक्षण, जगेर्नाको लागी काम गर्दै आइरहेको बताउंदै परम्परागत बाह्रा (गुफा) विधी व्यक्तिगत रुपमा गर्दा सा¥है खर्चिलो हुनाका साथै विभिन्न कठिनाइहरु आउने भएर सामूहिक रुपमा सम्पन्न गर्ने अवधारणा ल्याइएको बताउनु भयो । 


नेपाली समाजमा गरीने व्रतवन्ध, वेलविवाह (इही) पनि ताम्रकार समाजले सामूहिक रुपमा गर्दै आइरहेको उहांले बताउनु भयो । समाजको सामाजिक व्यवहार व्यवस्था उपसमितिले आयोजना गरेको उक्त कार्यक्रम गर्न सजिलो नभएता पनि यस कार्यले आत्म सन्तुष्टी हुनुका साथै समाजको ख्याती पनि बढेको उपसमितिका संयोजक मनोज ताम्रकारले बताउनु भयो ।


सो अवधिभरमा सहभागी कन्याहरुलाई व्यक्तित्व विकास, उत्प्रेरणा, शारिरीक विकास, यौन दुव्र्यवहार, साइबर अपराध, स्वास्थ्य, कला, संस्कृति, योगा लगायतका विषयहरुमा श्रोत व्यक्तिहरुद्वारा कक्षा लिइएको थियो । 


यसका साथै सहभागीहरुलाई प्रत्येक दिन चित्रकला तथा नृत्य कलाको प्रशिक्षण पनि दिइएको थियो । यस प्रकारको महत्वपूर्ण विधी व्यवहारलाई ताम्रकार समाजबाट थालनी गरेकोमा कृतज्ञता व्यक्त गर्दै सहभागी कन्याका अभिभावक सबिता शाक्यले आफ्नै घरमा विधीपूर्वक बाह्रा (गुफा) राख्न धैरै नै समस्याहरु आइपर्ने बताउनु भयो । 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex