१५ चैत्र २०८०, बिहिबार
Header

ताम्रकार फूटसल सुरु, असोज ११ मा फाईनल


प्रकाशित: सोमबार, ६ असोज २०७६, ०९ः०० बजे
- महानगरखवर

ललितपुर । ताम्रकार समाजको आयोजनामा तथा द ब्रिटिस कलेजको प्रायोजनमा द ब्रिटिस कलेज चौथो ताम्रकार फूटसल प्रतियोगिता २०१९ शुरु भएका छन । 


सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा भइरहेको उक्त प्रतियोगितामा कुल आठ उद्योग र कम्पनीहरुले सहभागीता जनाइरहेका छन । प्रतियोगिताको उदघाटन समाजका अध्यक्ष रविन्द्रराज ताम्रकार तथा कलेजका प्रिन्सिपल जोय फोस्टर इलिसले संयुक्त रुपमा गरे । प्रतियोगितामा लिग चरणका खेलहरु सम्पन्न भएका छन ।


सेमी फाइनल तथा फाइनल खेल यही असोज ११ गते शनिबारका दिन खेलिने छन ।


खेलकुदको माध्यमबाट भाइचारा अभिवृद्धि गर्न र समाजमा सकारात्मक परिवर्तनको मुख्य उद्देश्यका साथ भइरहेको उक्त प्रतियोगितामा ललितपुरका विभिन्न समाजका साठी भन्दा बढी खेलाडीहरुले सहभागीता जनाइरहेका छन । 


लिग चरणका खेलहरुमा करुणामय मेटल क्राफ्टले दिल ह्याण्डीक्राफ्टलाई २–० तथा ताम्र मेटल वर्कलाई  १–० गोलको अन्तरले पराजित गर्याे । त्यस्तै वि.के सुन चांदि पसलले गेन्ज गराजलाई २–० ले तथा ओरियन इलेक्ट्रीकललाई १–० गोल अन्तरले पराजित गर्यो । 

 

त्यस्तै टेक म्याक्स टाइगरले दिल ह्याण्डीक्राफ्टलाई  २–० ले, भैरवनाथ आइरण इण्डष्ट्रीले गेन्ज गराजलाई १–० ले, दिल ह्याण्डीक्राफ्टले ताम्र मेटल वर्कलाई ८–२ ले, भैरवनाथ आइरण इण्डष्ट्रीले वि.के सुन चांदि पसललाई ३–१ ले पराजित गरेका छन ।


त्यस्तै टेक म्याक्स टाइगर र ताम्र मेटल वर्क, ओरियन इलेक्ट्रीकल र भैरवनाथ आइरण इण्डष्ट्री, टेक म्याक्स टाइगर र करुणामय मेटल क्राफ्ट, गेन्ज गराज र ओरियन इलेक्ट्रीकलले बराबरी खेल खेलेका छन ।


लिग चरण सम्पूर्ण खेल पश्चात करुणामय मेटल क्राफ्ट, वि.के सुन चांदि पसल, भैरवनाथ आइरण इण्डट्री र टेक म्याक्स टाइगर सेमी फाइनलमा प्रवेश गरेका छन । 


थापाथली स्थित द ब्रिटिस कलेज मुख्य प्रायोजन रहेको उक्त प्रतियोगीतामा अण्डर १४, महिला खुल्ला, भेट्रान टिमहरु बिच मैत्रीपूर्ण खेलहरु पनि संचालन हुनेछन । प्रतियोगिताका विजेता तथा उप विजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन । साथै प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कारको समेत व्यवस्था गरीएका छन ।

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD