१३ बैशाख २०८१, बिहिबार
Header

ताम्रकार फूटसलको शनिवार फाईनल 


प्रकाशित: बुधवार, २३ कात्तिक २०७९, १९ः२३ बजे
- महानगरखवर

काठमाडौं । ताम्रकार समाजको आयोजनामा जारी पाँचौ ताम्रकार फुटसलको शनिवार (कातिक २६) फाईनल र सेमिफाईनल खेल हुने भएको छ ।


समाजको निर्वतान अध्यक्ष रविन्द्र ताम्रकारले शनिबारहुने सेमिफाइनल एवं फाइनलमा विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्ने बताएका छन ।


कात्र्तिक १९ गते शनिबारदेखि शुरु भएको लिग चरण खेल समाप्त भएको ताम्रकारले जानकारी दिएका छन । सो खेलहरुमा ओरियन इलेक्ट्रीकलले दिल ह्याण्डीक्राफ्ट र टेकम्याकस डिजिटल सलुसनलाई पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरेका छनभने वि.के.सुनचांदी पसलले भैरवनाथ आइरण इण्डष्ट्रीलाई पराजित एवं श्रीनन्द मिठाई भण्डार र मेडस् मार्ट फार्मेसी संग बराबर खेलि सेमिफाइनल प्रवेश गरेका छन ।


त्यस्तै आर्ट फेसन नेपालले ओरियन इलेक्ट्रीकललाई पराजित एवं टेकम्याकस डिजिटल सलुसन र दिल ह्याण्डीक्राफ्टसंग बराबर खेलि सेमिफाइनल पुगेका छन भने मेडस् मार्ट फार्मेसीले भैरवनाथ आइरण इण्डष्ट्री र ,श्रीनन्द मिठाई भण्डारलाई पराजित र वि.के.सुनचांदी पसलसंग बराबरी गरी सेमिफइनल प्रवेश गरेका छन ।


ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिबाट आयोजित यस प्रतियोगितामा अण्डर १४, महिला खुल्ला तथा भेट्रान टिमले पनि प्रतिस्प्रधा गरेका छन ।  


यस अघि थापाथली स्थित टे«ड टावरमा अवस्थित द ब्रिटिस कलेजले मुख्यप्रायोजन गरेको उक्त प्रतियोगिताको उदघाटन समाजका निवर्तमान अध्यक्ष रविन्द्रराज ताम्रकार एवं कलेजका प्रशाशकीय प्रमुख अमरदीप मण्डलले संयुक्त रुपमा गरेका थिए । 

 


सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा भइरहेको उक्त प्रतियोगितामा विभिन्न आठवटा उद्योग र कम्पनीहरुले टिमको प्रायोजन गरेका छन् । 


प्रायोजन गरेका कम्पनी कै नामबाट टिमको नाम कायम गरिएको प्रतियोगितामा ललितपुरका विभिन्न समाजका साठी भन्दाबढी खेलाडीहरुले सहभागीता जनाइरहेका छन ।


यस प्रतियोगिताका अन्य प्रायोजकहरुमा सिभिल बैंक, प्रभु बैंक, सम्झना ल्याबोरेटरी क्लिनिक, प्रभु क्यापिटल, म्याक डेकोर, उत्तम चिया, भिजनस् नेपाल, यासुदा, धातु स्टोर, जुजु वेयर्स, ब्रिट्यानिया आदी रहेका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD