१६ चैत्र २०८०, शुक्रबार
Header

ताम्रकार फुटसलका लागि खेलाडीलाई जर्सी वितरण


प्रकाशित: सोमबार, ३० भाद्र २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिद्वारा हुन गईरहेको चौथो ताम्रकार फूटसल प्रतियोगिता २०१९ खेलाडीहरुलाई जर्सी वितरण गरिएको छ ।


आईतबार आयोजित पत्रकार सम्मेलनमा खेलाडीहरुलाई जर्सी वितरण गरिएको उपसमितिले जनाएको छ । 


द ब्रिटिस कलेजले मुख्य प्रायोजन रहेको यस प्रतियोगिता आश्विन ४ गते शनिबार र ११ गते शनिबारका दिन सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 


समाजले विगत चार वर्षदेखि नियमित रुपमा गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको चौथो संस्करणमा विभिन्न आठवटा उद्योग र कम्पनीहरुले टिमको प्रायोजन गरेका छन । 


प्रायोजन गरेका कम्पनी कै नामबाट टिमको नाम कायम रहने उक्त प्रतियोगितामा ललितपुरका विभिन्न समाजका साठी भन्दा बढी खेलाडीहरुले सहभागीता जनाउने छन । 


टिम प्रायोजन गर्ने उद्योग र कम्पनीहरुमा वि.के.सुन चांदी पसल, भैरवनाथ आइरण इण्डष्ट्री, दिल ह्याण्डीक्राफ्ट, करुणामय मेटल क्राफ्ट, ताम्र मेटल वर्क, गेन्ज ग्यारेज, ओरियन इलेक्ट्रीकल, टेकम्याकस टाइगर रहेका जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । 


गत बर्षका बिजेता करुणामय मेटल क्राफ्ट रहेका थिए । करीब साढे चार लाखको अनुमानित बजेटमा संचालन हुन गईरहेको यस प्रतियोगितका विजेता तथा उप विजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन ।


यस प्रतियोगिताको लागी प्रायोजित कम्पनीहरुबाट खेलाडी छनौट, जर्सी वितरण, प्राक्टीस म्याच लगायतका कार्यहरु भइसकेका जानकारी दिए । उक्त प्रतियोगिता अवधिमा अण्डर १४, महिला खुल्ला तथा भेट्रान टिमले पनि प्रतिस्प्रधा गर्ने छन । 


यस प्रतियोगिताका अन्य प्रायोजकहरुमा एभरेष्ट बैंक, राइट एण्ड एशोशियट, अयला रेष्टूरेन्ट, सिटी ह्याण्डीक्राफ्ट, माइलस्टोन कन्सल्टान्ट, उत्तम चिया, मोलिस कलेज, प्रगति आदर्श स्कूल, वेलीजा स्टूडियो, एम्बीयन्स रेष्टूरेन्ट, दरबार रेष्टूरेन्ट, टिप्सी मंकी रेष्टूरेन्ट रहेका छन । त्यस्तै मिडिया पार्टनरको रुपमा हाम्रो खेलकूद अनलाइन, रेडियो उपत्यका, लहना संचार रहेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD