काठमाडौँ । ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर विहिवार साँझ ४.६ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको हो ।
उहाँका अनुसार यो परकम्प नभई भूकम्प हो । यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको थियो । विसं २०७२ वैशाख १२ को ७.६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५१० परकम्प गएको केन्द्रले जनाएको छ ।
Categorized in राष्ट्रिय