२२ बैशाख २०८१, शनिबार
Header

तस्वीरमा हेरौं राप्रपाको काठमाडौं प्रदर्शन 


प्रकाशित: मंगलवार, २७ चैत्र २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलवार काठमाडौंमा बृहत जनप्रदर्शन गरेका छन । 


विभिन्न ४० बुँदे माग राखेर प्रदर्शनमा उत्रिएको राप्रपाका जनप्रदर्शनमा भएका सहभागी प्रदर्शनकारी भद्रकाली परिसरमा निषेधाज्ञा तोडेर अघि बढ्न खोज्दा झडप समेत भएको थियो । 


उनीहरु गणतन्त्र मुर्दावाज, राजतन्त्र जिन्दावादको नारा लगाउँदै भद्रकाली परिसर पुुगेका थिए ।  झडपको क्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरी भीडलाई तितरबितर पारेको थियो ।

 


निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा १८ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । 


ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई अभद्र व्यवहार कसूरको मुद्दा चलाउने प्रहरीको तयारी छ ।


राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको थियो ।

 

 


तस्वीर: बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD