२२ बैशाख २०८१, शनिबार
Header

तस्वीरमा हेरौं येँया जात्रा (इन्द्रजात्रा) 


प्रकाशित: विहिवार, ११ असोज २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठामडौंको ऐतिहासिक सांस्कृतिक जात्रा येँया (इन्द्रजात्रा) बसन्तपुर हनुमानढोकाबाट सुरु भएको छ । 


विहिवार राष्ट्रपति रामचन्द्र पौडेलसहित भिभिआइपीहरू येँया (इन्द्रजात्रा) अवलोकन गर्न हिडेर बसन्तपुर पुुगेका थिए । 

 


राष्ट्र प्रमुखले जात्रा अवलोकन गर्ने परम्परा अनुसार राष्ट्रपति पौडेलले गद्दी बैठकबाट जात्राको अवलोकन गरे । 


यस अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायतका विशिष्ट व्यक्तिहरु सहभागी थिए । 

 


त्यसैगरी काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य लगायतको उपस्थिती रहेको थियो । 


महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रपति पौडेललाई स्वागत गरेकी थिइन । 


विश्व सम्पदामा महानगरपालिकाले सवारी साधान निषेध गरेको छ । 

 


आज कुमारी रथ क्वने याः (तल्लो टोल) बसन्तपुरबाट सुरु मरु, चिकमुुगल, जैशीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुर ल्याइन्छ ।

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD