८ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

तस्वीरमा हेरौं बुंगद्यः (रातो मछिन्द्रनाथ) को भोटो जात्रा, यस्तो छ भोटो जात्राको कथा 


प्रकाशित: आइतवार, २० साउन २०८१, २१ः५० बजे
- महानगरखबर

काठमाडौं । आइतवार ललितपुरको जावलाखेलमा बुुंगद्यः (रातो मच्छिन्द्रनाथ) को भोटो देखाइएको छ ।


राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलील, प्रधानसेनापति, गृहमन्त्री रमेश लेखक, काठमाडौं महानगरप्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनगायतको हजारौं सर्वसाधरणको उपस्थितीमा उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको हो । 

 


वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखासँगै बुंगद्यः जात्रा सकिएको मानिन्छ । आजै बुंगधः (रातो मच्छिन्द्रनाथको मूर्तिलाई) खटमा राखेर बुंगमती फिर्ता लगिन्छ ।


विशिष्ट अतिथिहरू जावलाखेल आइसकेपछि लाहा छाप लगाइएको रातो कपडाबाट भोटो झिकेर सबभन्दा पहिला रातो मच्छिन्द्रनाथलाई देखाइन्छ ।


त्यसपछि राष्ट्र–प्रमुख तथा सरकार–प्रमुखलाई देखाइन्छ, अनि रथ वरिपरि घुमेर चारै दिशामा पालैपालो प्रदर्शन गरिन्छ ।

 


वर्षा र सहकालका देवताको रुपमा पनि चिनिने रक्तवलोकेश्वर करुणामय बुंगद्यः रातो मच्छिन्द्रनाथको भोटो जात्रा शुरु भएको कुनै आधिकारिक प्रमाण नभेटिएपनि पौराणिक कथनहरु भने रहेको छ । 


किंवदन्ती अनुसार टौदहका नागराज कर्कोटककी श्रीमतीको आँखा दुखेछ । वरपरका सम्पूर्ण वैद्यलाई जचाउँदा र अनेक झारफूक गर्दा पनि उनको आँखा निको नभएपछि भक्तपुरमा एक जना किसान वैद्य ज्यापू रहेको सुनेपछि उसैबाट उपचारपछि रानीको आखाँ निको भयो । 

 


खुसीले गदगद भएर कर्कोटकले किसानलाई हिरा जडित भोटो उपहार दिएर दिए । 


त्यो बेला कर्कोटक नागराजले नवरत्न जडिएको भोटो लगाएका थिए, जसको चमकले वैद्य ज्यापूको अँध्यारो घर झल्झलाकार भएको थियो।


किसानले नागराज, हजुर मेरो कामबाट प्रसन्न हुनुहुन्छ भने मलाई आफ्नो भोटो दिन भनेर मागेका थिए । 


वैद्य, यो भोटो मैले निकै परिश्रम गरेर बनाएको हुँ। तर, म बचनको पक्का छु। म यो तिमीलाई दिउँला, तर तिमीले यसलाई राम्ररी जतन गरेर राख्नुपर्नेछ । 

 


वैद्य ज्यापू किसानले भोटो पाएपछि खुसीको सीमा थिएन। उनी जतिसुकै गर्मीमा पनि त्यही भोटो लगाएर बस्थे। खेतमा काम गर्न जाँदा पनि उनको जीउमा भोटो उनिएकै हुन्थ्यो।


यसै क्रममा एक दिन गर्मीले खपिनसक्नु भएपछि भोटो खोलेर खर्पनमा राखेका थिए यसकै मौका पारेर खेतकै छेउछाउ बस्ने गरेको भूत जसले धेरै दिनदेखि त्यो भोटोमा आँखा गाडेको थियो । 
मौका पाउनासाथ ऊ ज्यापूको खर्पनबाट भोटो चोरेर कुलेलाम ठोक्यो।


भोटो हराएपछि वैद्य ज्यापू बिलखबन्दमा परे। उनले अनेक ठाउँमा खोजी गरे, तर पाएनन्। त्यसैबीच पाटनमा रातो मच्छिन्द्रनाथको रथयात्रा सुरू भयो। यो रथयात्रा क्रममा तेत्तीस कोटी देउता, भूतप्रेत, पिशाच सबै सरिक हुन आउँछन् भन्ने वैद्य ज्यापूले सुनेका थिए । उनलाई लाग्यो, मेरो भोटो चोर पनि जात्रा हेर्न पक्कै आउला ।

 


जात्रालुहरूको भीडमा किसान बैद्य ज्यापुले नवरत्नजडित भोटो लगाएर आएको भूत देखे र त्यो भोटो आफ्नै हो भनेर चिने पछि उनले भूतलाई च्याप्प समाते र भने, ुयो भोटो मेरो हो, तँ चोर होस भन्दै दुुवै विच विवाद सुरु भयो । 


उसले कुनै हालतमा ज्यापूको कुरा मानेन। त्यो भोटो आफ्नै भएको दाबी गरिरह्यो।


जसै कर्कोटक नागराजले वैद्य ज्यापू र भूतको गलफत्ती देखे, उनले आफ्नो भोटो झम्टेर हातमा लिए । वैद्य ज्यापू, तिमीलाई मैले पुरस्कारस्वरुप यो भोटो दिएको हुँ, तर तिमीले जतन गरेर राख्न सकेनछौ। 

 


त्यसैले अब यो भोटो न तिम्रो हो, न चोरेर लैजाने भूतको,ु कर्कोटक नागराजले विवाद सल्टाउँदै भनेछन्, ुयो भोटो अबउप्रान्त मच्छिन्द्रनाथसँग रहनेछ र हरेक वर्ष भोटो सुरक्षित छ भनेर देखाउन आजकै दिन सार्वजनिक प्रदर्शन गरिनेछ ।


त्यही बेलादेखि जात्राको अन्तिम दिन जावलाखेलमा भोटो देखाउने चलन सुरू भयो । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex