१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

तस्वीरमा हेरौं नेपाली कांग्रेसको सहकारी ठगीविरुद्धको प्रदर्शन


प्रकाशित: आइतवार, १३ जेठ २०८१, १८ः४० बजे
- महानगरखवर

काठामडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दैनेपाली कांग्रेसले काठमाडौंमा प्रदर्शन गरेको छ ।


आइतवार प्रदर्शनीमार्गस्थित सडकमा कांग्रेसले काठमाडौं उपत्यका व्यायापी प्रदर्शन गरेको हो । 


काठमाडौंको विभिन्न स्थानबाट आउर्को  याली प्रदर्शनीमार्गमा भेला भएका थिए । 

 


गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ ।


विरोध सभको प्रमुख थिति रहेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको टिप्पणी गरेका छन ।


संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडान एमाले अध्यक्ष ओलीको भएको बताए । 

 


गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आशय रहेको महामन्त्री शर्माले आरोप लगाए ।


उनले भने,‘ ‘रवि देखाएर जोगाउनुपर्ने पार्टी पङ्ति छ । रविलाई साथ दिएर गिरीबन्धुमा साथ लिनु छ’, शर्माले भने, ‘झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझ्न भक्तपुरका रवि लामिछानेलाई समय लाग्छ ।’


गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्दा उठाएका सवालबारे सबैमा छानबिन गर्न कांग्रेस तयार रहेको भन्दै शर्माले अधिकारसम्पन्न आयोग बनाउन प्रधानमन्त्री र गृहमन्त्रीलाई चुनौती दिए ।

 


सभामा महामन्त्री गगन थापा, रमेश लेखक, कृष्ण सिटौला लगायका लगायतका नेताहरु सहभागी भएका थिए । 

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex