१२ श्रावण २०८१, शनिबार
Header

तस्वीरमा हेरौं टिकाभैरव सो क्योकुशिन फुलकन्टयाक्ट कराँते प्रतियोगिता 


प्रकाशित: शुक्रवार, २५ जेठ २०८१, २१ः२० बजे
- नवराज कुँवर

काठमाडौं । गोदावरीमा ७ औं राष्ट्रियव्यापी टिकाभैरव सो क्योकुशिन फुलकन्टयाक्ट कराँते प्रतियोगिताको उद्घाटन भएको छ । 


शुक्रवार प्रतियोगितको उद्घाटन प्रमुख अथिती बागमति प्रदेश सभा सदस्य मिनकृष्ण महर्जनले गरेको टिकाभैरव सो क्योकुशिन फुलकन्टयाक्ट कराँतेका प्रमुख दिनेश नगरकोटीले जानकारी दिए । 


गोदावरी नगरपालिका वडा– ६ टिकाभैरव ललितपुरमा जेठ २५ गते शुक्रवार र २६ गते शनिवार दुुई दिने प्रतियोगिताको शुुभारम्भ गरिएको हो । 

 


यस प्रतियोगितमा सो– क्योकुशिनका सातै प्रदेशका खेलाडीको विभागीय टिम, नेपाल आर्मी, सशस्त्र प्रहरी (एपिएफ) को सहभागीता रहेको छ । प्रतियोगितामा ५५ केजी खुला प्रतिस्पर्धा (पुरुष समूह) का बिजेतलाई नगद रु १० हजार, दोस्रोलाई रु ५ हजार र तृतियलाई रु २५०० नगद प्रदान सहित ट्रफि प्रदान गरिने छ । 


त्यसैगरी, महिला खुल्ला तौल समूहका प्रथम विजेतलाई १०,०००/–, द्धितियलाई ५,०००/– तृतियलाई २५००/–, र चौथोलाई १५००/–,नगद पुरस्कार प्रदान गरिने भएको छ । 

 


प्रतियोगितमा महिला २५ केजी र पुरुष ४० केजी समूहविच हुने प्रतिस्पर्धाबाट बिजयी खेलाडीलाई ५ हजार, द्धितियलाई २ हजार ५ सय, तृतियलाई १ हजार ५ सय र चौथोलाई १ हजार नगद पुरस्कारको व्यवस्था गरेको छ । 


त्यसैगरी, पुरुष २५ केजी र महिला ४० केजीको विच हुने प्रतिस्पर्धाका बिजेता खेलाडीको पुरस्कारको राशि बिजयी खेलाडीलाई ५ हजार, द्धितियलाई २ हजार ५ सय, तृतियलाई १ हजार ५ सय र चौथोलाई १ हजार नगद पुरस्कार प्रदान गरिने छ । 

 


साथै खेलाडीहरुलाई सिलको रुपमा मेडल पनि दिइने आयोजकले जनाएको छ ।

 

 


तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex