काठमाडौं । बर्षा र सहकालको देवताको रुपमा चिनिने जनबहाःद्य (सेतो मछिन्द्रनाथ) को रथ यात्रा आजबाट सुरु भएको छ ।
मंगलवार साँझ जमल तीनधारा पाठशालाबाट निर्माण गरिएको रथमा जनबहाः द्यलाई विराजमान गरेपछि रथ तानेर घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असन लगिएको हो ।
आज असनमै विराजमान गराइने र राती राष्ट्रपति रामचन्द्र पौडेलले दर्शन गर्ने कार्यक्रम रहेको छ ।
रथलाई भोलि (बुधवार) साँझ असनबाट तानेर जनबहा, इन्द्रचोक, मखन हुँदै हनुमानढोकामा लगेर राखिन्छ ।
सम्बन्धीत समाचारः जनबहाः द्य रथ यात्रा हुने समयमा सवारी प्रवेश निषेध
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति