१५ बैशाख २०८१, शनिबार
Header

तस्वीरमा बागबजारको जामे मस्जिदमा बकर ईद, कसरी मनाईन्छ ? (भिडियो)


प्रकाशित: विहिवार, १४ असार २०८०, १६ः०० बजे
- अजय खड्गी

काठमाडौं । मुस्लिम धर्मालम्बीहरुले ईदपछिको ठुलो पर्व बकर ईद मस्जिदमा गएर विशेष नमाज पाठ पढेर मनाएका छन ।


काठमाडौं बागबजारको जामे मस्जिद र काश्मिीरी मस्जिदमा मुस्लिम समुदायका धर्मालम्बीहरु उल्लेखीय रुपमा सहभागी भएर पर्व मनाएका हुन । 

 


जामे मस्जिदमा प्रार्थना गर्न आएका स्थानीय कमरुद्धिन मियाँले आज मनाईने इदमा कुर्वानी अर्थात बलिदानीको पर्वको रुपमा मनाईने गरको बताए । 


खसी वा भेंडाको बली दिने र त्यसलाई गरिब, पाहुना र आफ्नै परिवारका सदस्यलाई भाग लगाएर खाने चलन रहेको मियाँले बताए । 

 


उनले यो पर्व मनाउनुको उदेश्य भाईचारा सम्बन्ध स्थापना गर्नु, शत्रुुता त्याग्नु, एक आपसमा सहयोगको भावना विकास गर्ने तथा गरिबहरुलाई दान दिनु भएको सुनाए । 


बकर ईदका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । बकर ईदको अवसरमा नेपालबाट हजयात्रीहरू मक्का मदिना पनि जाने गरेको  छ ।

 

 

 

 

 

 

 

 

 
तस्बिरहरू/भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD