२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

तलेजु भवानीलाई उपत्यकामा कस्ले ल्यायो ? यस्तो छ कथा..


प्रकाशित: विहिवार, १ कात्तिक २०७५, ०८ः४९ बजे
- बुद्धशरण शाही

काठमाडौं । काठमाडौँ र बडा दसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा विहिवार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो । 


तलेजु भवानीलाई कर्नाट (नायर) वंशी राजा हरिसिंह देवले उपत्यकामा आफु साथमा लिएर आएका । ने स ४४३ (सन् १३२५) मा भारतीय मुसलमान शासक गयासुद्दीन तुग्लकले हरिहरसिंहको राज्य सिम्रौनगढ (बारा) मा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी आफ्नो इस्त्देवाता तलेजु सहितभक्तपुरको राजा रुद्र मल्लको शरणमा आएको इतिहासमा उल्लेख छ । 


कलश स्वरूप तलेजु भवानी दरवार क्षेत्रभित्र ढुंगा छापेको चोक बिचमा सर्वाधिक सम्मानका १३ वटा गजुरयुक्त मन्दिर बनाई प्रतिष्ठापित गराएका थिए । 


तत्कालिन राजा रुद्रमल्लकी बहिनी देवलदेवी कर्नाटक (नाएर) बंशी राजा हरिसिंह देवका पत्नी थिइन । स्वर्गका राजा इन्द्रको कुलदेवताका रुपमा तलेजु भवानीलाई लिइन्छ । लोकोक्ति अनुशार रावणका छोरा इन्द्रजितले लडाईमा इन्द्रलाइ हाराएपछी साथमा तलेजुलाई लिएर आएको धार्मिक विस्वास रहिआएको छ । 


यक्ष मल्लको राज्य कालमा उपत्येका भित्र राज्य विभाजन भएपछी क्रमिक रुपमा आ–आफ्ना (राज्य) काठमाडौँ , ललितपुरमा तलेजु भवानीको स्थापना गर्न थालिएको थियो । लोकोक्ति अनुशार तलेजु भवानी काठमाडौँका राजा त्रलोक्य मल्ल संग पासा खेल्थिन । 


एकदिन पासा खेल्ने क्रममा त्रलोक्य मल्लका छोराले देखेपछि तत पश्चात बाट राजाले प्रत्यक्ष रुपमा दर्शन नपाएको र देवी भवानीले बैध्दकन्या अर्थात नेवार शाक्य समुदयकी छोरीमा कुमारीको रुपमा दर्शन दिने बाचा अन्तरध्यान भएको मानिन्छ । 


त्यसैले जगतप्रकाश मल्लले काठमाडौँस्थित कुमारीघर स्थापना गराएको मानिन्छ । कर्नाटक (नायर) बंसी राजा हरिसिंह देवका सन्ततिका रुपमा नेवार समुदयेका नाय्, शाही ,खड्गी ,सिंह काठमाडौँ उपत्यकामा गोपाल बंश दोश्रो महिषपाल वंशले शासन गरेका थिए ।


राजपुत क्षेत्रीय यो बंश अधिराज्य भरि ३ लाख भन्दाको संख्यामा रहेको नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवा खड्गीले बताए । 


नेपाल मण्डल सम्पदा र अलकापुरी भक्तपुरीमा क्रमशः – पदम श्रेष्ठ , जितेन्द्र ससिक बाट

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex