१४ बैशाख २०८१, शुक्रबार
Header

तलेजु भवानीको दर्शन गर्न सर्वसाधरणको भीड ! (फोटो फिचर)


प्रकाशित: विहिवार, २८ असोज २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । हनुमानढोकास्थित आज दशैंको नवमीमा तलेजु भवानीको दर्शनको लागि लामो भीड लागेको थियो ।


दर्शनार्थीहरु लाइन लागेर पालैपालो तलेजु भवानीको दर्शन गरेका छन । गत वर्ष कोरोना संक्रमणको जोखिम बढी भएकाले तलेजुको मन्दिर बन्द गरिएको थियो । 


यस वर्ष भने कोरोना संक्रमण घटेको अवस्था र धेरैले खोप पनि लगाइसकेले दर्शनको लािग खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।


नेवार समुदायले इष्ट देवताको तलेजु भवानीलाई रुपमा पुज्ने गरिन्छ ।  दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिने तलेजुलाई तुलजा पनि भन्ने गरिन्छ ।


तलेजु भवानीलाई फूलपातीको दिनदेखि नै मूल चोकमा ल्याइएको छ । मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा गरिएको थियो ।


विजयादशमीको दिनसम्म तलेजु भवानीलाई यहीं राखेर पूजा गरिन्छ । विजयादशमीको दिन पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा भवानीलाई मूल मन्दिरतर्फ फर्काइन्छ ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD