१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

तरुण दल लगायतले पुष १ लाई कालो दिवशको रुपमा मनाउँदै


प्रकाशित: आईतबार, १ पुष २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौँ । प्रजातन्त्रको हरण भएको दिनको सम्झनामा आईतबार नेपाली कांग्रेसका भातृसंगठन लागायत विभन्नि संस्थाले पुष १ लाई देशभरी कालो दिवशको रुपमा मनाउँदै छ । 


तत्कालिन शाही नेपाली सेनाको सहयोगमा प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाउन लागिएको हो ।


विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेका थिए । 


नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री बिपी लगायतका नेतालाई गिरफ्तार गरी तीन महीना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex